काठमाडौ, असार २९ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा शुक्रवारदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा पदाधिकारीबाट प्रतिवेदनका बारेमा आफ्नो धारणा राख्ने क्रम शुरु हुने केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले बताउनुभयो ।
प्रचण्डले बिहीबारको बैठकमा ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । यसअघि पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्यहरुले अध्ययन गरिसकेकोले पदाधिकारीबाट धारणा राख्न शुरु हुने भएको हो ।
प्रचण्डले कसैका पनि सुझाब संकलन नगरिकन पार्टी भित्रका गल्तीकमिकमजोरी औल्याउँदै र अबको रणनीति तय गर्दै राजनीतिक प्रतिवेदन तयार पार्नुभएको थियो । केन्द्रीय समितिबाट पारित भएपछि राजनीतिक प्रतिवेदन साउन एकगते शुरु हुने बिस्तारित बैठकमा प्रस्तुत हुनेछ ।
0 comments:
Post a Comment