२९ असार, जुम्ला । जुम्लामा कार्यरत सञ्चारकर्मी अर्जुन आचार्यको उपचारका क्रममा निधन भएपछि उत्पन्न विवादका कारण जुम्ला अञ्चल अस्पताल तीन दिनदेखि बन्द रहेको छ । मृतकका आफन्त र अस्पतालका चिकित्सकहरुबीचको झडपपछि चिकित्सक तथा कर्मचारीहरुले जीउ ज्यानको सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेका हुन् ।
अस्पतालका चिकित्सक डा. जीवन परियारले बिहीबार एक विज्ञप्ति जारी गरी केही सञ्चार माध्यमले पूर्वाग्रही ढङ्गबाट समाचार सम्प्रेषण गरी आफ्नो चरित्रहत्या गरेको भन्दै आफ्नो जीउ ज्यानको सुरक्षा नभएसम्म सम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।
पीडितपक्षले भने मृतककी पत्नी र छोरीको जीवन सुनिश्चित गर्न रोजगार तथा बच्चीको शिक्षाको प्रत्याभूतिका साथै उचित क्षतिपूर्तिका लागि लिखितपत्र दिन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मालाई दबाब दिएको छ ।
आइतबारसम्म आफूहरुले यसको सकारात्मक जवाफ नपाए कडा आन्दोलन गर्ने पीडितपक्षले चुनौती दिएको छ ।
0 comments:
Post a Comment