२९ असार, रसुवा । जिल्ला विकास समिति रसुवाले ठाडोखोला तथा नदी क्षेत्रमा तीनवटा पुल निर्माण गरेको छ । २१/२१ लाख रुपैयाँको लागतमा स्याफ्रु गाविस-१ र ७ बीचको लाङटाङखोलाको तिवारीफाँट र राम्चे तथा हाकु गाविसबीचको त्रिशूली नदीमा झोलुङ्गेपुल निर्माण गरिएको हो ।
यसैगरी २६ लाख रुपैयाँको लागतमा यार्सागाविस-४ रजाङखोलामा फलामे ट्रस पुल निर्माण सम्पन्न गरिएको पुल निर्माणमा कार्यरत प्राविधिक शिवप्रकाश बस्नेतले जानकारी दिनुभयो ।
पुल निर्माणपछि स्थानीय बासिन्दाका साथै जिल्लामा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई पैदलयात्रामा सहज भएको उपभोक्ता समितिका अध्यक्ष रिक्चेन तमाङले जानकारी दिनुभयो । यस्तै, दुर्गम क्षेत्र विकास समितिको सहयोगमा केही समयअगाडि स्याफ्रु र गतलाङ गाविसबीचको भोटेकोसी नदीमा झोलुङ्गेपुल निर्माण गरिएको थियो ।

0 comments:
Post a Comment