अहिले केहिबेरमा कोइराला निवास महाराजगञ्जमा गएर पूर्व सभासद्हरुले वर्तमान अवस्थामा संविधान सभा पुर्नस्थापनाको विकल्प नरहेको भन्दै सभापति कोइरालाको ध्यानाकर्षण गर्ने कार्यक्रम तय भएको पूर्वसभासद् शोभाकर पराजुलीले जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा संविधान सभाको नयाँ निर्वाचन पनि हुन नसक्ने र चार बर्ष सम्म गरेको आफुहरुको कामलाई सस्थागत गर्नका लागि पनि केहीदिनलाई संविधानसभा पुर्नस्थापित गराउन आग्रह गर्दै एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य लगायतका दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको पराजुलीले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment