Join us on Facebook Follow us on Twitter

share

Click

Wednesday, July 18, 2012

त्रिशुलीमा अझै ११ जना वेपत्ता

धादिङ, साउन ३ – उदयपुरको कटारीबाट काठमाडौ आउँदै गरेको रात्रीवस साउन १ गते पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरबाट त्रिशुलीमा खस्दा अझै ११ जना हराइरहेका छन् । आफन्तहरु खोजीका लागि आएपछि ११ जना अझै हराएको थाहा भएको प्रहरीले जनाएको छ ।
सिराहा पडरिया ३ का मिस्टर चौधरी, उदयपुर रोरुमका डकीबहादुर वानियाँ, ओखलढुंगा रागदित ६ का डिल्लीमान राई, नुवाकोट नर्जामण्डपका राजन पौडेल, उदयपुर रोस्कु ४ का विपिन कोइराला र सिन्धुलीका टिकाराम धमलाका आफन्तले खोजीका लागि प्रहरीलालाई आग्रह गरेका छन् ।
त्यसैगरी उदयपुर कटारीका केशव खड्का, सिन्धुपाल्चोक यमूनाडाँडाका यज्ञकुमारी भट्टराई, उदयपुर कटारी ४ का मोहनसिंह तामाङ, रामेछाप लखनपुरका प्रतापसिंह तामाङ र सिन्धुली लदाभीरका वासुदेव लामाको पनि खोजीका लागि आफन्तले आग्रह गरेका प्रहरी निरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा परी एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य दिपक चौधरीको पनि अवस्था थाहा हुन सकेको छैन ।
लगातारको बर्षाले नदीमा पानीको बहाब बढेको र वसका यात्रुहरुको संख्या यकिन नभएकाले खोजी कार्यमा कठिनाई भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताउनुभयो । कटारीबाट ५२ जना यात्रुको लिएर छुटेको भएपनि वीचबाटोबाट पनि यात्रु चढेकाले हराएकाको संख्या यकिन नभएको प्रहरीको भनाई छ ।
दुर्घटनामा १६ जनाको ज्यान गएको थियो । घाइते भएकामध्ये १० जनाको स्टार हस्पिटल सानेपा, ३ जनाको शिवज्योति हस्पिटल बल्खु, र २ जनाको बिएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

0 comments:

Post a Comment