साउन ३ – शारीरिक सक्रियताको कमी पनि मृत्युको मुख्य कारण बन्दै गईरहेको
एक अध्ययनले देखाएको छ । व्यायाम नगरेकै कारण हुने मृत्युदर धुमपानका कारण
हुने मृत्युकै हाराहारीमा रहेको मेडिकल जर्नल लान्सेटमा प्रकाशित अध्ययन
प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार उच्च आय भएका देशका नागरिकहरु शारीरिक रुपमा बढी
निष्क्रिय हुने गरेका छन् । विश्वका एक तिहाई युवाले पर्याप्त शारीरिक
गतिविधि नगर्ने र त्यसैका कारण हरेक वर्ष ५० लाख भन्दा बढीको ज्यान जाने
गरेको अध्ययनको ठहर छ ।
हरेक हप्ता कम्तीमा पनि दुईदेखि साँढे २ घण्टा सम्म हिंडडुल गर्ने,
बगैंचामा काम गर्ने र साइकल चलाउने हो भने पचास लाख मानिसको ज्यान जोगिन
सक्ने अध्ययनकर्ताले सुझाव दिएका छन् । उनीहरुका अनुसार पर्याप्त मात्रामा
व्यायाम गरे मोटोपनाबाट हुने रोग, मुटुरोग, मधुमेह, स्तन क्यान्सर तथा
पेटको क्यान्सरबाट हुने खतरा ६ देखि १० प्रतिशत कम गर्न सकिन्छ ।
अध्ययनकर्ताहरुले व्यायामको कमीका कारण हुने मृत्युदर रोक्न मानिसहरुलाई
शारीरिक निष्क्रियताको खतराका बारेमा सचेत गराउन अत्यावश्यक रहेको बताएका
छन् ।
0 comments:
Post a Comment