पाल्पा, साउन ३ – पाल्पाका विद्यालय जान नसक्ने अपाङ्ग बालबालिहरुलाई
घरमानै पुगेर शिक्षा दिन थालिएको छ । मस्तिक पक्षघात स्वालम्वन समुह नेपाल
(एसजीसीपी)को सहयोगमा विद्यालय जान नसक्ने बालबालिकालाई घरमै पढाउन थालिएको
छ ।
जिल्लाका ९ गाविसका विद्यालय जान नसक्ने ६८ जना वालवालिकाहरूलाई घरमा
पढाउन थालिएको हो । एसजीसीपीको सहयोगमा तीनजना जर्मन शिक्षकले मस्तिस्क
पक्षघात र स्ुस्तमनस्थिति भएका बालबालिकाहरुलाई पढाउँछन् ।
पाल्पाको भैरवस्थान चिर्तुङ्धारा, बन्दिपोखरा बौघापोखराथोक, नायरनम्तलेस,
बौघागुम्वा लगायतका ९ गाविसका मस्तिक पक्षघात बालबालिकाहरूलाई घरमा पुगेर
पढाउन थालिएको हो ।
घरमा पुगेर अपाङ्ग बालबालिकाहरूलाई बढाउन थालेपछि उनीहरूले पढ्ने अवसर पाएको कम्युनिटीबेस रियाविलिटेशन (सिबिआर) पाल्पाका कृष्ण गहतराजले जानकारी दिनुभयो ।
घरमा पुगेर अपाङ्ग बालबालिकाहरूलाई बढाउन थालेपछि उनीहरूले पढ्ने अवसर पाएको कम्युनिटीबेस रियाविलिटेशन (सिबिआर) पाल्पाका कृष्ण गहतराजले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले कार्यालयमा पनि हप्ताको एक पटक मस्तिस्क पक्षघात र
सुस्तमनस्थितिका बालबालिकाको लागि बिशेष शिक्षा(डिक्यर) कक्षा पनि सञ्चालन
भइरहेको छ । यो कक्षामा पनि ८ जना बालबालिकाले शिक्षा लिइरहेका छन् ।
0 comments:
Post a Comment