Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 12, 2012

भारतीयले १५ विमानस्थल मागेको खुलासा

२९ असार, काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगै थप १५ आन्तरिक विमानस्थलको स्तरोन्नति र विकासको जिम्मा दिन भारतीय कम्पनीले प्रस्ताव गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनी आईएल एण्ड एफएसलाई दिने सरकारको तयारीका विरुद्धमा परेका रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतले अहिलेसम्म भए गरेका कागजपत्र झिकाएपछि उक्त तथ्य खुलेको हो ।
आईएल एण्ड एफएसले ६ पुष २०६८ मा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तका नाममा पठाएको आशयपत्र हालसम्म सरकारले गोप्य राखेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
पत्रमा सुर्खेत, लुम्का, जुम्ला, नेपालगञ्ज, विराटनगर, चन्द्रगढी, पोखरा, जोमसोम, तुम्लिङटार, भैरहवा, सिमरा, लामिडाँडा, धनगढी, जनकपुर, र भरतपुरका आन्तरिक विमानस्थलको व्यवस्थापन पनि दिन भनिएकेा छ ।
उक्त आसयपत्रमा आन्तरिकको छुट्टै र नयाँ अन्तराष्ट्रिय टर्मिनल बनाउने, जहाज रोक्ने ठाउँ-एप्रोन)/आन्तरि र बाहृय बनाउने, अन्तराष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्डअनुसार समानान्तर ट्याक्सी-वे बनाउने, बहुतले कार पार्किङ र नयाँ बाटो निर्माण गर्ने, राडार सूचना प्रविधि स्तरोन्नति र सुधार गर्नुका साथै रात्रिकालीन उडानका लागि आवश्यक व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment