२९ असार, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले चीन, थाइल्याण्ड र भारतबाट आयात गरेका सवै विद्युत ट्रान्सर्फमर गुणस्तरहीन भएको पाईएको छ । विद्युत प्राधिकरणका सञ्चालक डा. कृष्णप्रसाद दुलालको संयोजकत्वमा गठित ट्रान्सर्फमर वितरण गुणस्तर सम्बन्धि गठिन छानविन उपसमितिले परीक्षणपछि यस्तो तथ्य पत्ता लगाएको खबर कारोबार दैनिकले छापेको छ ।
ट्रान्सफरर्मरका कारण विद्युत चुहावट मापदण्डभन्दा तीन गुणा बढी भएको पनि समितिले ठहर गरेको छ । चुहावटका साथै अधिकांश ट्रान्सर्फमर जल्ने र पड्कने गरेका कारण प्राधिकरणलाई अर्बौ रुपैयाँको नोक्सान हुने गरेको पनि उपसमितिले निष्कर्ष निकालेको छ ।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा चीन लगायतका देशबाट आउने सम्पूर्ण ट्रान्सर्फमर गुणस्तरहीन हुने गरेको निष्कर्ष निकालेको छ ।
0 comments:
Post a Comment