Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 12, 2012

एक खर्ब ४१ अर्बको बजेट ल्याउन प्रधानमन्त्री र राष्ट्रपतिको सहमति

२९ असार, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब र प्रधानमन्त्री बाबुराम भट्टराईबीच एक खर्ब ४१ अर्बको बजेट ल्याउने सहमति भएको छ । एकतृतियांश बजेटमा निर्वाचन खर्च, अवकास रोजेका लडाकूका लागि आवश्यक पर्ने रकम, सेना समायोजन गर्न चाहिने खर्च र नयाँ मन्त्रालयलाई आवश्यक रकम थप गर्न राष्ट्रपति र प्रधानमन्त्री सहमत भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच बिहीबार राती करिव दुई घण्टा भएको छलफलमा उक्त सहमति भएको हो । छलफलमा अर्थमन्त्री, मुख्य सचिव लगायतको सहभागीता रहेको थियो । छलफल पछि अर्थमन्त्री बर्षमान पुनले बजेटका बिषयमा राष्ट्रपतिसँग सहमति भएकाले अन्यौलता सकिएको र असार ३१ गते बजेट अध्यादेश राष्ट्रपतिकामा पठाउने जानकारी दिनुभयो ।
सहमति अनुसार सरकारले चालु आर्थिक बर्ष २०६८/६९ को कुल बजेट तीन खर्ब ८४ अर्ब ९० करोडको एकतृतियांश हुन आउने करिब एक खर्ब २९ अर्बको बजेटमा तत्कालका खर्चहरु थप गरी बजेट ल्याउने बताईएको छ ।

0 comments:

Post a Comment