५ साउन, झापा । नेपालमा प्रतिवन्धित
भारतीय रुपैयाँ सहित एक जनालाई झापामा पक्राउ गरिएको छ । नेपालमा प्रतिबन्ध
गरिएको भारतीय ५ सय नोटसहित सिलिगुडी बस्ने ४० वर्षीय रामा कोल्टीलाई
पक्राउ गरिएको हो।
भारतको सिलिगुडीबाट काँकरभिट्टा नाका
हुँदै भद्रपुर विमानस्थलबाट काठमाडौँ आउन लागेका उनलाई विमानस्थलमै पक्राउ
गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार पक्राउ परेका कोल्टीका साथबाट ५ सयका ५ सय ४० थान नोट भेटिएको थियो ।
0 comments:
Post a Comment