Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

गएल हुने शिक्षकको १३ लाख तलब कटौती

साउन ५, सबकोखबर
जाजरकोट जिल्ला शिक्षा कार्यालयले बिधालय गएल हुने शिक्षकको १३ लाख तलब कटौती गरेको छ | जिल्ला शिक्षा कार्यालयले केही समय अघि गरेको अनुगमनको क्रममा जिल्लाका विभिन्न विद्यालयका १ सय २९ जना शिक्षकको एक दिन देखि ९२ दिनसम्मको गरी जम्मा १३ लाख एक हजार सात सय रुपैया तलब काटेको हो | 
काटिएको तलब सरकारी कोषमा नै फिर्ता पठाइने र विद्यालय नगएको अबधिको शिक्षकको सेवा समेत गणना नगरिने जिशिअ थापाले बताए | विद्यालयमा विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक कारवाही स्वरुप तेस्रो चौमासिक तलबबाट गयल भएको दिनको तलब काटिएको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले जानकारी दिए |

0 comments:

Post a Comment