Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

इन्टरनेटको प्रयोग कहाँ कति ?

आफूले अध्ययन गरिरहेको कुनै विषयको बारेमा जानकारी लिन होस् वा पढ्नका लागि विश्वभरका अध्ययन संस्थाहरूको खोजी गर्न, साथीसँग च्याटिङ गर्न होस् वा कुनै गेम खेल्न अनि आˆनो कुनै खबर फेसबुकजस्ता विश्वभर सञ्जाल भएका वेभसाइटमा राख्न यस्तैयस्तै थुप्रै कामका लागि युवाहरूमा इन्टरनेटको आवश्यकताप्रति बढ्दो छ । इन्टरनेटको व्यापक प्रयोगले गर्दा युवाहरू आजभोली प्रेमपत्रमा भन्दा इन्टरनेटबाट नै आˆना प्रेमी-प्रेमीकालाई मनका भाव पोख्न व्यक्त देखिन्छन् । कोठामै बसेर विश्वभरको जस्तो सुकै सूचना प्राप्त गर्न सकिने सुविधा आधुनिक युगमा सूचना र प्रविधिको विकासले दिलाएको अवस्थामा यसको भरपूर उपयोग गर्दै आˆनो जीवनशैली सरल र सहज बनाउन विश्वभरका युवाहरू तल्लीन देखिएका छन् । युवाहरूको मात्र के कुरा कुनै पनि पेसामा लागेका व्यक्तिहरूका लागि पनि घरमै बसेर इन्टरनेटको माध्यमबाट बैङ्किङ सुविधा, विभिन्न सेवा-सुविधा उपभोग गरेबापतको बिल भुक्तानी, सेयर बजार र कारोबारको सूचना, विवाहका लागि वरवधुको खोजी, रोजगारको खोजी, पत्रपत्रिका र खबरमा पहुँच, विमान सेवाको टिकट खरिदजस्ता कैयन् सुविधा इन्टरनेटको सुविधाले उपलब्ध गराएका छन् । समयको बचत र विनाझन्झट कुनै पनि सूचना तत्काल पाइने सुविधाले इन्टरनेटको प्रयोगकर्ता विश्वमै प्रतिदिन बढ्दै गएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको अनलाइन पपुलेसन फोरकास्ट टु २०१३ भन्ने एक सर्भेक्षणअनुसार विश्वभरमा सन् २००८ सम्ममा इन्टरनेटको प्रयोगकर्ता करिब एक अर्ब ५० रहेकोमा सन् २००९ मा आइपुग्दा एक अर्ब ६६ करोड पुगेको र त्यो सङ्ख्या सन् २०१३ सम्ममा दुई अर्ब बीस करोड पुग्ने अनुमान गरिएको छ ।
विश्वको जनसङ्ख्या सन् २००९ को अन्त्यसम्ममा करिब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यतिबेला कुल जनसङ्ख्यामध्ये इन्टरनेटको प्रयोगकर्ता झण्डै २५ प्रतिशतको हाराहारीमा पुग्नुले इन्टरनेटको प्रयोग वर्तमान विश्वको लागि कति महìवपूर्ण छ भन्ने कुराको पुष्टि हुन्छ ।
उक्त सर्भेक्षणअनुसार अमेरिका र युरोपजस्ता पश्चिमा मुलुकहरूमा हालको अवस्थामा इन्टरनेटको प्रयोग व्यापक पाइए पनि त्यसको बढोत्तरी नगन्यरूपमा मात्र हुने देखाइएको छ भने चीन, भारत, इन्डोनेसिया, ब्राजिलजस्ता आर्थिक उन्नतितर्फ उन्मुख मुलुकहरूमा यसको प्रयोगकर्ताका सङ्ख्या हृवात्तै बढ्ने अनुमान गरिएको छ ।
हाल विश्वभर इन्टरनेटको प्रयोगकर्तामध्ये एसियाको हिस्सा ३८ प्रतिशत रहे तापनि सन् २०१३ सम्ममा उक्त हिस्सा ४३ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ त्यस्तै हाल युरोपको हिस्सामा रहेको २६ प्रतिशत इन्टरनेट प्रयोगकर्ताको प्रतिशत २२ र अमेरिकाको हिस्सामा रहेको १७ प्रतिशतको सङ्ख्या १३ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।
सङ्ख्यागत हिसाबले विश्वमै बढी इन्टरनेट प्रयोगकर्ता चीनमा रहेको सर्भेक्षणहरूले देखाएको छ चीनमा मात्र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ३० करोडको हाराहारीमा रहेको छ । जुन त्यहाँको कुल जनसङ्ख्याको करिब २२ प्रतिशत हो ।
त्यसैगरी दक्षिण एसियाको अर्को ठूलो मुलुक भारतमा सन् २००९ सम्ममा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या आठ करोडको हाराहारी रहेको भए तापनि त्यहाँको उच्च आर्थिक वृद्धिदरका कारण व्यवसायमा वृद्धि र जनताको जीवनस्तरमा आउने सुधारका कारण इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा वाषिर्क दसदेखि २० प्रतिशतसम्मको बढोत्तरी आइरहेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता
नेपालमा सूचना र प्रविधिको क्षेत्रमा काम गर्ने नेपाल टेलिकम, युटीएल, स्पाइस नेपाल, वल्डलिङ्क, मर्कन्टाइलजस्ता थुप्रै सेवा प्रदायकहरूले इन्टरनेटको सुविधा उपलब्ध गराएकोले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दो अवस्थामा छ त्यसमा पनि यस क्षेत्रका युवा तथा पेसागत व्यक्तिहरूको आकर्षण निकै बढेको पाइएको छ । ग्रामीण क्षेत्रमा समग्र सूचना र प्रविधिको विकास अपेक्षाकृत हुन नसक्नुले अझै पनि नेपालमा जनसङ्ख्याको हिसाबले इन्टरनेट प्रयोगकर्ताको अवस्था ज्यादै न्यून देखिन्छ तर सहरी क्षेत्रमा भने यसको प्रयोग बढ्न थालेको छ । दूरसञ्चार प्राधिकरणको आँकडाअनुसार नेपालमा आर्थिक वर्ष ०६५-६६ को असार महिनासम्ममा पाँच लाखको हाराहारीमा इन्टरनेट प्रयोगकर्ता पुगेको थियो यसमध्ये कम्प्युटर प्रविधिबाट इन्टरनेटको प्रयोग गर्नेको सङ्ख्याभन्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रदान गरेको मोबाइलमार्फतको जीपीआरएसको माध्यमबाट सुविधा प्रयोग गर्नेहरूको सङ्ख्या बढी पाइएको छ ।
मोबाइलबाट इन्टरनेट सुविधा लिन सजिलो र जुनसुकै स्थानबाट पनि आफूलाई चाहिएको सूचना इन्टरनेटको माध्यमबाट हेर्न सकिने भएकोले त्यसमा विशेष गरी आˆनो मेल चेक गर्न, सेयर बजारको भाउ हेर्नेजस्ता कुरामा इन्टरनेटको प्रयोग बढी भएको पाइएको छ ।
यसो त कम्प्युटरबाट इन्टरनेट चलाउने सुविधा लिएकाहरूमध्ये कतिपयले साइबर क्याफेहरू सञ्चालन गरेको र कतिपय कार्यालयहरूमा एकै कम्प्युटरबाट धेरै कम्प्युटरको सञ्जाल विस्तार गरेर इन्टरनेट सञ्चालन गरेका हुनाले नेपालमा इन्टरनेटको प्रयोगकर्ता वास्तविक यति नै भन्न सकिन्न तथापि दस लाखभन्दा माथिले इन्टरनेट प्रयोग गरेको अनुमान भने सहजै गर्न सकिन्छ । वर्तमान विश्वमा सूचना र प्रविधिको बढ्दो प्रयोग तथा ऊर्जाको बढ्दो खपतको माध्यमबाट पनि विश्वमा कुन राष्ट्र आर्थिक रूपले कति सम्पन्न छ भन्ने कुराको आँकलन गर्न सजिलो पर्न थालेको छ । á

0 comments:

Post a Comment