Join us on Facebook Follow us on Twitter

share

Click

Tuesday, July 17, 2012

सप्तरीमा कुपोषणको समस्या बढ्दो


३ साउन, सप्तरी । सप्तरीका गरिब, दलित तथा सीमान्तकृत बर्गका बालबालिकाहरुमा कुपोषणको समस्या बढ्दै गएको छ ।
तराईका जिल्लाहरु मध्ये सप्तरी कुपोषणको दृष्टिले सबैभन्दा जोखिममा रहेको पनि जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । पूर्वाञ्चलका १६ जिल्लामध्ये सप्तरी सबैभन्दा पछाडि परेको जनस्वास्थ्य अधिकृत डम्बर साह जानकारी दिनुभयो ।
उक्त समस्या समाधानका लागि स्थापना गरिएको पोषण गृहले अहिले बालबालिकालाई सहयोग गरिरहेको छ । जसका कारण गृहले आफ्नो स्थापनाको एक वर्षको अवधिमा पोषणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
गृहले कुपोषित बालबालिकालाई निःशुल्क पोषण पुनस्र्थापन गर्ने, अभिभावकहरुलाई पोेषणसम्बन्धी शिक्षा प्रदान गर्ने तथा पोषणसम्बन्धी जनचेतना जगाउने लगायतका काम गरिरहेको छ ।

0 comments:

Post a Comment