कपिल
३ साउन, नुवाकोट । धादिङको कृष्ण भिरमा
सोमवार भएको बस दुर्घटनामा परी एकै गाउँका तीन जनाको मृत्यु भएपछि
नुवाकोटको नर्जामण्डप गाविस शोकमा डुवेको छ ।
उदयपुरको कटारीबाट काठमाडौँ जाँदै गरेको
ना २ ख ४९५१ नम्बरको बस सोमवार विहान कृष्ण भिरबाट दुई सय मिटर तल खसेको
थियो । सो दुर्घटनामा परी ज्यान गुमाउने १७ जना मध्ये नुवाकोट नर्जामण्डप
गाविसका मात्रै तीन जना रहेका छन् । मृत्यु हुनेहरुमा नारायण अधिकारी,
दिपकप्रसाद खनाल र राजन पौडेल रहनुभएको छ । पौडेललको शव अहिलेसम्म फेला
परेको छैन । उहाँलाई त्रिशुली नदीले बगाएको अनुमान छ । अन्य दुईको आज
तादी-दोर्खु दोभारमा अन्तिम संस्कार गरिएको छ । उहाँहरुको मृत्यु र राजन
पौडेलको शव फेला नपर्दा सिङ्गै गाउँ शोकमा डुवेको नर्जामण्डपका नाराणप्रसाद
भण्डारीले बताउनुभएको छ ।
शव नभेटिएका पौडेलको खोजिका लागि सम्वन्धि
निकायले उदासिनता देखाएका नर्जामण्डपवासीले आरोप लगाएका छन् । प्रहरीलाई
पटक पटक आग्रह गर्दा पनि वास्ता नगरे पछि मृतकका आफन्त र साथीहरुले सोमवार
देखि अहिलेसम्म त्रिशुली नदीका किनारामा शव खोजी कार्यलाई जारी राखेका छन् ।
तीनै जना ग्रामिण विकास बैंकमा कार्यरत हुनुहुन्थ्यो ।
0 comments:
Post a Comment