३ साउन, काठमाण्डौं । जिल्ला वन कार्यालय
भक्तपुरले जिल्लामा वन अतिक्रमण गरी बनाइएका घरटहराहरु हटाउने भएका छन् ।
जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्य दलको निर्णयानुसार
पहिलो चरणमा नगरकोट सडक किनारमा अतिक्रमण गरी बनाइएका घरटहराहरु हटाइने
भएको हो । जिल्लामा बनाइएका १ सय ५७ घर टहराले ७ दशमलब १५ हेक्टर वन
क्षेत्र अतिक्रमण भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नगरकोट गाविस- ४ को
राष्ट्रिय वनमा सबैभन्दा बढी ५७ वटा घर टहराले १ दशमलब ४८ हेक्टर वन
अतिक्रमण भएको छ । त्यसैगरी वडा नं ७ कुशुम सामुदायिक वनमा ६४ वटा घर
टहराले शुन्य दलमलब ९८ हेक्टर वन अतिक्रमण भएको जनाइएको छ ।
0 comments:
Post a Comment