काठामडौं, साउन
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं प्रवक्ता गौरी प्रधानले वाल अधिकारको संरक्षणका लागि वाल अधिकार आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालले बिहीबार भक्तपुरमा गरेको कार्यशालाको उद्घाटन गर्दै प्रधानले वाल अधिकार संरक्षणका लागि हालसम्म पनि वाल आयोग गठन नभएकाले त्यो आवश्यक रहेको बताउनुभयो ।वाल अधिकार आयोगले वाल अधिकारको संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने दावी गर्दै उहाले सरकारलाई बाल अधिकार आयोग गठन गर्न माग गर्नुभयो । नेपालमा प्रत्येक दिन १० हजार विद्यार्थीले विभिन्न बहानामा विद्यालयमा यातना पाउने गरेको उल्लेख गर्दै विद्यालयले बालबालिकालाई अनुसासनमा राख्दा पनि बाल अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठले बाल अधिकार संरक्षणका लागि बनेको राष्ट्रिय नीतिलाई अन्तिम रुप दिएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । चार दिनसम्म चल्ने कार्यशालामा १९ जिल्लाका झण्डै ५० जना बाल अधिकारकर्मी, पत्रकार, जिल्ला बाल कल्याण समिति, नगरपालिका र संघसंस्थाका प्रतिनिधी सहभागि छन् ।
0 comments:
Post a Comment