भक्तपुर, साउन ५ –प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद्
(सिटिइभिटी) ले बुटवलमा प्राबिधिक शिक्षा अध्ययनका लागि अत्याधुनिक भवन
निर्माण गरेको छ । कोरिया सरकारको करिब ४५ करोड रुपैयाँको सहयोगमा १० विघा
जग्गामा निर्माण गरेको भवनमा यसवर्षदेखि मेकानिकल, ईलेक्ट्रिकल
ईलेक्ट्रोनिक्स र अटोमोवाईल विषयमा पढाइने सिटिइभिटीका निर्देशक विष्णु
कोइरालाले बताउनुभयो ।
तीनवर्षे डिप्लोमा तहको अध्ययन हुने यस इन्ष्टिच्युटमा प्रत्येक संकायमा
४८ जनाको दरले पढाई संचालन हुने भएको छ । प्राबिधिक शिक्षा तर्फको बिभिन्न
विषयको प्रमाणपत्र तह तथा डिप्लोमा तहको अध्ययन सञ्चालन गरिने यस कलेजको
शनिवार राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
0 comments:
Post a Comment