Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

लगातारको पानीले तरकारी आपुर्तिमा कमी

काठमाडौ, साउन ५ – बिहीबारदेखि लगातार पानी परेका कारण काठमाडौको थोक बजारमा तरकारी कम भित्रिएको छ । बिहीबारभन्दा शुक्रवार ३० प्रतिशतले तरकारी कम भित्रिएको व्यवसायीहरुले बताएका छन् । झरी परेपछि तरकारी बारीमा किसान नजाने र वर्षामा सडक बिग्रने गरेकाले बाहिरी जिल्लाबाट पनि तरकारी कम आएको बिक्रेताहरुले बताएका छन् ।
बिहीबार ७ सय मेट्रिक टन तरकारी भित्रिएको थोक बजारमा शुक्रवार ४ सय ३० टन भन्दा कम तरकारी मात्र भित्रिएको छ । थोरै तरकारी आएकाले काउली, घिउसिमी, गोलभेडा, काँक्रो भिन्डी लगायतका तरकारी बिक्रि भईसकेको छ ।
कम बिक्रि हुने करेला, बन्दा लगायतका तरकारी भने केहि बाँकी रहेको र अरु तरकारी सकिएकाले त्यो पनि केहि समयमा सकिने उनीहरुको भनाई । बजारमा सामान कम आएपनि भाउ घटबढ भएको छैन । तर बजारमा सानो गोलभेडाको भाउ भने शुक्रवार केहि बढेको छ । सानो गोलभेडा किलोको ३८ देखि ४० रुपैँयामा कारोबार भईरहेको छ ।

0 comments:

Post a Comment