सोनपुर -दाङ, श्रावण ४ -
बुधबार रातिदेखिको अविरल वषर्ाका कारण जिल्लाका विभिन्न खोलाहरूमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् । घोराहीको कटुवा खोला पुल नजिक खोलाले बगाएका एक युवकको शव फेला परेको जिल्ला प्रहरीले जनायो । अन्दाजी ३५ वर्षका ती युवकको शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको र सनाखत हुन नसकेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विपिनकुमार कर्माचार्यले बताए ।
यसैगरी देउखुरीका दोलई र सिंगे खोलामा आएको बाढी गाउँमा पसेपछि सोनपुर, सिसहनिया र लालमटिया गाविसका करिब २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले २ सय बढी घरमा क्षति पुगेको तथा ६० बढी घर भत्केको प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताए । बाढीमा दर्जन बढी भैंसी, गोरु, बाख्रा र कुखुरासमेत मरेका छन् । पूर्ण विवरण संकलन हुन नसकेको उनले बताए ।
बाढीले सोनपुर गाविसका वडा नम्बर १, २, ३, ४, लालमटिया गाविसका ३, ४, ७, ८ र ९ तथा सिसहनिया गाविसका वडा नम्बर ४, ५, ६, ७ र ८ का २३ गाउँ डुबानमा परेको उद्धारमा संलग्न नेपाल रेडक्रस सोसाइटी सिसहनियाका सभापति गंगाराम भट्टराईले जानकारी दिएका छन् । ६ सय बढी परिवारको खाद्यान्न समेत बगेको उनले बताए । घर भत्केर बिचल्लीमा परेकाहरूलाई स्थानीय विद्यालय, सामुदायिक वनका भवन र आफन्तका घरमा आश्रय दिइएको भट्टराईले बताएका छन् । खोलामा तटबन्ध नहुँदा गाउँमा बाढी पसेको उनले बताए । 'तटबन्धका लागि पटकपटक जिल्ला विकासमा अनुरोध गर्यौं तर सुनुवाइ भएन,' उनले भने, 'अहिले यति ठूलो क्षति भयो ।' राति एकाएक बाढी पसेपछि ज्यान जोगाउन निकै मुस्किल परेको सोनपुर ३ ढोडइका डिल्लीराज चौधरीले बताए । 'राति सुतिरहेका बेला एक्कासि बाढी आएको आवाज आयो । हेर्दाहेर्दै घर सबै डुबानमा पर्यो । गाई, भैंसी, खाद्यान्न, भाँडाकुँडा सबै बगायो । हामी बल्लबल्ल भागेर ज्यान जोगाउन सफल भयौं,' उनले भने, 'समयमै थाहा नपाएको भए बाँच्न कठिन थियो । गाउँमा धेरैको घर भत्किएको छ, खाद्यान्न र कपडा बगेका छन् । सयौंको बिचल्ली भएको छ । धेरैले घरको छतमा बसेर ज्यान बचाए ।'
बिचल्लीमा परेकाहरूलाई बजार व्यवस्थापन समिति, रेडक्रस, सहकारी र उद्योग वाणिज्य संघले खान बस्नका लागि व्यवस्था मिलाइरहेका छन् ।
डुबेर मृत्यु, एक बेपत्ता
इनरुवा -कास)- सेउती खोलामा डुबेर सुनसरीको बक्लौरीमा बिहीबार एक बालक बेपत्ता भएका छन् । बिहीबार साँझ सेउतीमा नुहाउन गएका बक्लौरी गाविस ६ का १४ वषर्ीय विधान राई बेपत्ता भएको सुनसरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिए ।

0 comments:
Post a Comment