बुल्गेरियाको पूर्वी बुर्गास विमानस्थलमा इजरायली पर्यटक चढेको बस विष्फोट गराइदा कम्तिमा आठ जना मानिस मारिनुका साथै ३४ भन्दा बढी घाईते भएका छन् । मारिनेमा ६ इजरायली पर्यटक, बसका चालक र अरु दुई जना मानिस छन् । विष्फोटमा पुरुष आत्मघाती आक्रमणकारीको संलग्नता रहेको आशंका गरिएको छ । तेल अभिभ–बुर्गास उडानका लागि यात्रुहरु वसमा बसेको केही समय पछि नै विष्फोट भएको थियो । घटना लगत्तै इजरायलले बुर्गासमा चिकित्सक र अधिकारीहरुलाई मृतकको शव र घाइतेहरुलाई लिन विमानहरु पठाएको छ । इजरायली रक्षामन्त्री यहुद बाराकले इरानको सहयोगमा लेबनानको हिज्बुल्लाह समुहले आक्रमण गराएको दाबी गर्नु भएको छ । आक्रमणलाई केही समय अघि इरानी परमाणु वैज्ञानिकको हत्याको प्रतिक्रियाको रुपमा समेत हेरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्न्याहुले इरानी आतंकको जबरजस्त जबाफ दिने बताउनु भएको छ ।
0 comments:
Post a Comment