१ साउन, काठमाण्डौं । नेपाल टेलिकमले
आजदेखि लागु हुने गरी ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा लोकल कल
सुरु भएको छ। यसअघि अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा भएको
ल्यान्डलाइन फोन हुनैपर्ने बाध्यता थियो।
९२ प्रतिशत सरकारी सेयर रहेको दूरसञ्चार
सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को
अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गरेको हो।अब ल्यान्डलाइनबाट
देशभरि जहाँसुकैको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल
लाग्ने टेलिकमले जनाएको छ ।
एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन
गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ।
विराटनगर वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक काठमाडौं आउँदा यहाँ
स्थानीय कलमात्र भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो। आजदेखि यो
व्यवस्था हटाएर स्थानीय कलको सुविधामात्र भएको ल्यान्डलाइनबाट पनि देशभरि
जहाँसुकैका मोबाइलमा सिधै कल गर्न मिल्ने प्रावधान थपिएको हो।
0 comments:
Post a Comment