१
साउन, काठमाण्डौं । लामो सयम भारतमा मेहनत गरी गएको बैशाखमा र्फकदा घर
नजिकै आइपुगेपछि बाँके नौवस्ताका जीवन केसी प्रहरीको खोरमा पुगे ।
साथमा पाँचसयका तीन लाख भारु नोट भेटिएपछि
नेपालगन्जस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले उनलाई अनुसन्धान
विभागमा बुझाएको थियो ।
उनी विगो बराबरको धरौटी रकम बुझाएर थुना
मुक्त भए । श्रीमानलाई छुटाउन जग्गा बेचेर आएकी श्रीमती भक्कानिएर रुँदा
हामीहरुकै आँखाभरी आँसु आयो बयान लिने क्रममा रहेको विभागका एक कर्मचारीले
भने । सप्तरीका हुकुम सिंहलाई रिहा गर्न आएकी उनकी श्रीमती पनि भक्कानिएकी
थिईन् ।
राष्ट्रबैंकले परिपत्र गरी ०५७ देखि
मुलुकभित्र पाँचसय र हजारदरका भारु नोटमा प्रतिवन्द लगाएको छ । तर साना
दरका नोटहरु लिएर आउनेक्रममा आफूहरु बाटैमा लुटिने भयले ठूला दरका नोट लिएर
आउने क्रममा उनीहरु प्र्रहरी र प्रशासनको फन्दामा पर्ने गरेका छन् ।
आफुले लामो समयसम्म विभिन्न ठाउँमा दुख
गरेर कमाएको पैसा लिएर आउँदा पनि डाका र प्रशासनबाट छलेर हिड्नुपर्ने
अवस्था आएको भन्दै उनीहरुले दुखेसो पोखेका छन् ।
0 comments:
Post a Comment