असार ३१ – जापानमा बाढी र पहिरोमा परि हराईरहेकाहरुको खोजी तीव्र पारिएको छ
। दक्षिणी क्युशु टापुमा हराईरहेकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी
र सेना खटिएका छन् । भारी वर्षापछि आएको बाढी र पहिरोका कारण क्युशु
द्विपका हजारौं बासिन्दा प्रभावित भएका छन् ।
२२ जनाको ज्यान गईसकेको छ । बाढी पहिरोले थप क्षति पुर्याउने सम्भावना
बढेपछि कुमामोतो, ओईटा, फुकुओका र सागा क्षेत्रका ४ लाख भन्दा बढी
नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको बिबिसीले जनाएको छ ।
फुकुओका क्षेत्रमा मात्रै १ सय ८१ ठाउँमा पहिरो गएको र ८ सय २० घर
भत्किएका छन् । जापानको मौसम विभागले अझैपनि भारी वर्षा हुन सक्ने र बाढी
पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएको छ । - एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment