Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन


१ साउन, काठमाण्डौं । आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिनको रुपमा मनाईदैं छ । असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो “लुतो लैजा” भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ ।

साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आˆना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।
पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।
गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।
श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
 यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लागेको छ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ । यस पटकको साउन महिनामा पाँचवटा सोमवार परेकोले यसको महत्व अझ वढि रहेको छ । हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । पशुपति विकासकोषले भक्तजनलाई पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर विशेष व्यवस्था गरिएको छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।

0 comments:

Post a Comment