१ साउन, पाँचथर । पाँचथरमा ३५ विद्यालयका
शिक्षकको तलब निकासा रोक्का भएको छ । भौतिक निर्माणको काम समयमा सम्पन्न
नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय पाँचथरले आर्थिक वर्ष ०६८/०६९ को
अन्तिम चौमासिकको शिक्षकहरुको तलब रकम रोकिदिएको छ ।
गत आर्थिकवर्षमा विभिन्न विद्यालयले भवन
बनाउन रकम लगेपनि काम सम्पन्न गरेर विल भार्पाइ पेश नगरेकाले तलव खातामा
लगाईदिएर निकासा रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी लोकवहादुर लोप्चनले
जानकारी दिनुभयो ।
कतिपय विद्यालयले भवन नै निर्माण नगरेको र
निर्माण गरेकाले पनि विल भार्पाइ नबुझाएकोले खाता रोकिएको कार्यालयले
जनाएको छ । विद्यालय सुधार कार्यक्रम अन्तगर्तको सौचालय निर्माण, विद्यालय
भवन निर्माणको काममा बजेट निकासा गरिएको जिल्ला शिक्षा कार्यालयका
प्राविधिक राजु रानाले जानकारी दिनुभयो ।
भनव निर्माण सम्पन्न गरि तत्काल उपयुक्त विल भार्पाइ पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ ।
0 comments:
Post a Comment