१ साउन, काठमाण्डौं । तलब र पोसाकभत्ता
उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका त्रिभुवन विश्व विद्यालय
प्राध्यापक संघका पदाधिकारीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
एक बर्ष अघि बृद्धि भएको तलव र पोसाक भत्ता दिन सरकारले सहमति जनाएपछि
आजदेखि मुलुकभरका त्रिवि अन्तर्गतका आङ्गीक क्याम्पस र अनुसन्धान
केन्द्रहरू खुल्ने भएका हुन ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका
सचिव नन्दकिशोर सिंहले सरकारको प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिइएकोे
जानकारी दिनुभयो । अर्थमन्त्री वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा,
अर्थसचिव कृष्णहरि बाँस्कोटा, शिक्षासचिव किशोर थापा सहितका त्रिवि
पदाधिकारीसँग भएको वार्तामा सरकारले तलबभत्ता उपलब्ध गराउन सहमत भएपछि
आन्दोलन फिर्ता लिइएको सिंहले जानकारी दिनुभयो । सरकारले तलब भत्ताबापत
लाग्ने ८० करोड रुपैयाँ मध्ये शिक्षा मन्त्रालयबाट ४० करोड रुपैयाँ र अन्य
रकम शोधनान्तर गरी उपलब्ध गराउन लागेको हो ।
संघले तलबभत्ता पाउनुपर्ने माग राख्दै
बिहीबार र शुक्रबार मुलुकभरका ६० वटा आङ्गीक क्याम्पस र ४ अनुसन्धान
केन्द्र बन्द गराउँदा पठनपाठन प्रभावित भएको थियो ।
0 comments:
Post a Comment