१ साउन, काठमाण्डौं । उदयपुरको कटारीवाट
काठमाण्डौ आउँदै गरेको बस धादिङको धुषा गाविस वडा नम्बर एक स्थित
कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६
जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जनाको उपचारका लागी काठमाण्डौं
ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
मृतक मध्ये तीन जनाको परिचय खुलेको छ ।
जसमध्ये उदयपुर कटारीका तोपबहादुर धमला, धादिङ गजुरीका दिपक खनाल र नेपाली
सेनामा कार्यरत हवल्दार शुभबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
बस पानी मै डुविरहेको अवस्थामा रहेको र
दुर्घटनास्थलमा स्थानियबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको
उद्दार कार्य जारी राखेका छन् । दुर्घटनामा परेकाहरूलार्इ नदीले बगाएको
हुनसक्ने भन्दै मृतकको संख्या बढ्न सक्ने उद्धारमा रहेको इलाका प्रहरी
कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घार्इते भएका मध्ये १०
जनाको थप उपचारका लागी काठमाण्डौं ल्याइएको छ भने बाँकीको मलेखु अस्पतालमा
उपचार भर्इरहेको छ । ना २ ख ४९५१ नम्बरको बस आज विहान ४ पजे तिर सडकवाट २
सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । अविरल बर्षाका कारण उक्त बस
चिप्लिएर दुर्घटना भएको बताईएको छ ।
नदीमा पानीको बहाव बढी रहेकाले उद्धार कार्यमा कठिनाई भइरहेकेा प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment