१ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठक आजबाट सुरु हुँदैछ । पार्टी विभाजनपछि हुन लागेको विस्तारित बैठकले पार्टी विभाजनको समिक्षा गर्दै पार्टीको भावी रणनीति तय गर्नेछ ।
माओवादीको आइतबार सम्पन्न केन्द्रीय समितिले विस्तारित बैठकमा प्रस्तुत
गर्ने अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन फरक
मतलाई समेट्ने गरी पारित गरेको छ । प्रचण्डको प्रतिबेदनमा संबिधानसभाबाटै
संबिधान जारी गर्ने र त्यसमा अबरोध भए बल प्रयोग गर्ने बिकल्प पनि राख्ने
उल्लेख रहेको बताइएको छ ।
काठमाडौंको भृकुटिमण्डपमा साउन ५ गतेसम्म चल्ने विस्तारित बैठकमा ५ हजार नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ । वैठकका लागि करिव एक करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
यसैवीच आजदेखि सुरु विस्तारित वैठकले रिक्त उपाध्यक्ष, महासचिव र सचिव पद पूर्ति नगर्ने भएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार वैठकमा पदपूर्तिको एजेण्डा राखिएको छैन् । रिक्त पद महाधिवेशनले पूर्ति गर्ने उहाँले जानकारी दिनुभयो ।

0 comments:
Post a Comment