Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

नवलपरासीमा फेरी सवारी दुर्घटना, तीन जनाको मृत्यु


१ साउन, नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलरासीको सुनवलमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् । दैलेखबाट काठमाण्डौ आउँदै गरेको ना ३ ख ५०९० नम्वरको बस र ना ४ ख ११ ४१ टि्रपर सुनवल चोकमा ठोक्किदा टि्रपरका चालक र सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टि्रपरका चालक पुरन पाठक, कालिकोटका ३० वर्षे अनन्त अधिकारी र अर्का एक जना वसका यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका यात्रुको भने परिचय खुल्न बाँकी रहेको छ ।
गण्डक नहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्यो
यसैबीच आइतवार दिउँसो नवलपरासीको गण्डक नहरमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३९ जना सबैको परिचय खुलेको छ । ३९ शवमध्ये बसका सहचालक त्रिवेणी सुस्ता ७ का शशि श्रेष्ठ, रुपन्देहीको बनकट्टीका गपुर अन्सारी, ६ वर्षकी बालिका सोनिया, पनीया अन्सारी र नवलपरासी माकर गाविस बर्दघाटका यशोदा जिसीको परिचय खुलेको छ । यस्तै नपलपरासी त्रिवेणीका केशव कहारको पनि परिचय खुलेको छ । मृत्यु हुनेमा भारतका बलराम मधेशीया, नरसिंह यादव, भिम यादवलगायतका रहेका छन् । मृतकमध्ये १ बालिकासहित १० महिला र २८ पुरुष छन् । यसैगरी घाईते १० जनाको परासी स्थित पृथ्बी चन्द्र अस्प्ाताल र जमुनिया चैपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भईरहेकेा छ ।
बसमा रहेका यात्रुको संख्या यकिन नभए पनि एक सय भन्दा बढी सवार रहेकाले अझै कम्तीमा ३०/४० जना यात्रु वेपत्ता रहेको अनुमान गरीएको छ । वेपत्ता भएकाहरुको आज पनि खोजी कार्य जारी छ । भारतीय नेपाल सिमावर्ती झुलनीपुरबाट बोलबमधाम त्रिवेणीतर्फ जाँदै गरेको लु १ ख २३ ५६ नम्बरको बस आइतवार दिउँसो त्रिवेणी सुस्ता गाविस वाड नम्वर ९ लक्ष्मीपुर स्थीत गण्डक नहरमा खसी दुर्घटना ग्रस्त भएको हो ।

0 comments:

Post a Comment