Join us on Facebook Follow us on Twitter

share

Click

Friday, July 13, 2012

किन दाँजिन्छ ज्ञानेन्द्र र प्रचण्डलाई ?

उस्तै चर्चा, उस्तै पारिवारिक तनाव

२९ असार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिका विपरीत दुई ध्रुवका उच्च व्यक्तित्व । मुलुकमा लोकतन्त्र स्थापना हुनु पहिले शासन सत्ता ज्ञानेन्द्रकै हातमा थियो । अर्थात त्यतिबेला उनी राजनीतिका शक्तिशाली व्यक्ति थिए । लोकतन्त्र हुँदै गणतन्त्रतर्फ मुलुक अगाडि बढ्दा प्रचण्ड सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा देखा परे । माओवादी पार्टी संविधानसभा चुनावबाट सबैभन्दा ठूलो भएपछि प्रचण्डको झनै शक्तिशाली भए ।
पहिले ज्ञानेन्द्र शक्तिशाली थिए, अहिले प्रचण्ड । ज्ञानेन्द्रको पालामा पनि प्रचण्डको चर्चा हुन्थ्यो । त्यसैगरी अहिले प्रचण्डको पालामा पनि ज्ञानेन्द्रको उस्तै चर्चा भैरहेको छ । ज्ञानेन्द्र शक्तिशाली हुँदा पनि प्रचण्ड गुमनाम भएनन् । त्यसैगरी प्रचण्ड शक्तिशाली हुँदा पनि ज्ञानेन्द्र गुमनाम भएनन् ।
यतिबेला पनि राजतन्त्रको वकालत गर्नेहरुको हूलमा ज्ञानेन्द्र शक्तिशाली छन् । गणतन्त्रको वकालत गर्नेहरुको लाइनमा प्रचण्ड सबैभन्दा अग्रस्थानमा छन् । गणतन्त्र आएपछि पनि राजतन्त्रको वकालत गर्नेहरुको संख्या घटेको छैन । संविधानसभा बिघटनपछि त झन् राजतन्त्रको पक्षमा जनमत बढ्न थालेको देखिन्छ । यस हिसाबले अहिले राजीतिक रुपमा पूर्व राजा ज्ञानेन्द्र पनि चर्चामा छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उस्तै चर्चामा ।
पहिले ज्ञानेन्द्र सत्तामा हुँदा प्रचण्ड नदेखिने जंगलमा थिए । अहिले प्रचण्ड सत्तामा हुँदा ज्ञानेन्द्र नागार्जुन जंगलमा छन् । नदीका दुई किनारजस्ता विचार र लाइन ठ्याक्कै नमिल्ने यी दुई पात्र सधैं चर्चाको शिखरमा छन् । हिजोआज त झन् ज्ञानेन्द्र र प्रचण्डलाई तुलना गरेर टिकाटिप्पणी गर्ने गरिन्छ ।
उस्तै पारिवारिक झमेला
स्वभाव र व्यवहार नमिलेपनि ज्ञानेन्द्र र प्रचण्डको पारिवारिक झमेला झण्डै उस्तैउस्तै छ । परिवारका सदस्यहरुको व्यवहारले दुवै थरीलाई अहिले उस्तै चिन्ता र तनाव थपेको छ । आआफ्ना धर्मपत्नी र छोराछोरीबाट दुवैजना सन्तुष्ट छैनन् ।
ज्ञानेन्द्र पत्नी कोमल र प्रचण्ड पत्नी सीतालाई दाँज्ने हो भने दुवै झण्डै उस्तै छन् । अरु राजनीतिज्ञका त श्रीमान श्रीमती दुवै चर्चित हुन्छन् । प्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको पार्टीमा उस्तैउस्तै हालीमुहाली छ । तर प्रचण्डपत्नी सीता राजनीतिमा त्यति सकृय छैनन् । बाहिरबाट हेर्दा कोमल र सीतालाई उस्तै सुस्त र अव्यवहारिक जस्तो देखिन्छ । न कोमल सकृय छिन् । न सीता । अझ कोमल त राम्रोसित कान सुन्दिनन् । २०५८ सालको दरबार हत्याकाण्डको बेला उनको कानमा गोलीको छर्रा लागेको थियो । त्यहीबेलादेखि उनको श्रवण शक्ति कमजोर भएको हो । बिदेशमा गएर उपचार गर्दा समेत कोमलको स्वास्थ्यमा सुधार हुन सकेको छैन । रानी भएको बेला समेत कोमल सुस्त मनस्थितिको मानिस जस्तो देखिन्थिन् । अहिले त झन् उनको अवस्था त्योबेलाको भन्दा पनि खराब छ । सीता कान सुन्ने भएपनि घर व्यवहारमा त्यति सकृय नदेखिने र कतिपयले त प्रचण्डको पत्नी भन्न पनि नसुहाउने भनेर टिप्पणी गर्ने गरेका छन् ।
छोराहरुको कुरा गर्ने हो भने ज्ञानेन्द्र र प्रचण्ड दुवैका एकएक छोरा छन् । तर दुवै छोराको व्यवहार झण्डै उस्तै । ज्ञानेन्द्र पुत्र पारस पहिलेदेखि नै गुण्डागर्दी र केटी काण्डमा चर्चित थिए । अहिले प्रचण्ड पुत्र प्रकाशको हालत ठ्याक्कै त्यस्तै देखिएको छ । पत्नी र छोराछोरी छाडेर पारस अहिले बैंककमा छन् । उनी त्यतै बिदेशी केटीसित रमाएको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तै प्रकाश पनि पहिली श्रीमती छाडेर दोस्रो बिहे गरेपछि फेरि दोस्री श्रीमती र छोरोलाई छाडेर अहिले तेस्रीसित बेपत्ता छन् ।
ज्ञानेन्द्र र प्रचण्ड दुवैजनालाई छोरीहरुको घर गृहस्थीले पनि पिरोलेको छ । ज्ञानेन्द्रकी छोरी पे्ररणाको घरगृहिस्थी बिगि्रएको छ । स्रोतका अनुसार ज्वाईं राजबहादुर सिंह र छोरी प्रेरणाको केही दिनअघि मात्र सम्बन्ध बिच्छेद भएको छ । प्रेरणा अहिले माइतीमा छिन् । यस्तै प्रचण्डकी ठूली छोरी ज्ञानु रोगी छिन् । माइली रेणु राजनीतिमा छिन् । तर राजनीतिमा उनको पकड त्यति राम्रो छैन । कान्छी छोरी गंगाको कारण त प्रचण्डले लामो समय तनाव झेल्नु पर्यो । पहिले भारत बिहे गरेकी रेणुले अहिले फेरि पहिलेको श्रीमान छाडेर दोस्रो विहे गरेर बसेकी छिन् । तीन छोरीको जीवन सोचेजस्तो नभएकोमा प्रचण्डलाई एकातिर तनाव छँदैथियो । अहिले छोरो कान्छी लिएर बेपत्ता हुँदा झन् चिन्ता थपेको छ । प्रचण्डलाई जस्तै ज्ञानेन्द्रलाई पनि छोराछोरीको कारण यस्तै तनाव झेल्नुपरेको छ ।

0 comments:

Post a Comment