Join us on Facebook Follow us on Twitter

share

Click

Friday, July 13, 2012

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : भण्डारी

२९ असार, वर्दिबास । नवगठित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सुहमतिका लागि वातावरण नै नबन्ने हुनाले तत्काल पद त्याग गर्नु पर्ने वताउनुभयो ।
 बर्दिवासको जलेश्वरमा शुक्रवार विहान आयोजित पत्रकार सम्मेलनमा उहाँले अब सङ्घीयतारहितको कुनै पद्घति कल्पनासम्म गर्न नसकिने बताउनुयो । भण्डारीले सबै क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाउन खास पहिचानसहितको सङ्घ गठन हुनुपर्ने बताउनुभयो ।
भण्डारीले आफ्नो नवगठित पार्टी समान अवसर, अधिकार र सबैखाले विभेद अन्त्यका लागि प्रतिबद्घ भएको स्पष्ट पार्नुभयो ।

0 comments:

Post a Comment