Join us on Facebook Follow us on Twitter

share

Click

Friday, July 13, 2012

मनसुनको एक महिनासम्म पर्याप्त पानी परेन

काठमाडौ, असार २९ – देशभर दिनहुँ जसो पानी परेपनि अझै पर्याप्त मात्रामा पानी पर्न सकेको छैन । मनसुन शुरु भएको झण्डै एक महिना हुन लागेपनि प्रशस्त पर्न नसकेको हो । पहाडी क्षेत्रमा भन्दा तराईमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौ उपत्यकामा अरु क्षेत्रको तुलनामा कम पानी परेको मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले मनसुन त्यति सक्रिय छैन । काठमाडौमा अझै केहि दिन हल्का मात्र पानी पर्ने र केहि दिनपछि पर्याप्त मात्रामा पानी पर्ने श्रेष्ठले बताउनुभयो ।
काठमाडौ उपत्यका सहित मुलुकभर शुक्रवार पनि मौसम बदली भई पानी पर्नेछ । गएको २४ घण्टामा काठमाडौमा १ दशमलव ७ मिलिमिटर पानी परेको थियो ।

0 comments:

Post a Comment