म्याग्दी, असार २९ – पहिरोले बिहीबारराती म्याग्दीका विभिन्न ठाउँमा आठ ओटा घर र दुईवटा गोठ बगाएको छ । राती दोबा गाउँ बिकास समितिको सुनारी गाउँमा ३ वटा घर र दुई वटा गोठ, बगरमा २ वटा घर पहिरोले पुरेको छ ।
त्यस्तै भुरुङ्गतातोपानी गाबिसको भुरुङ्ग गाउँमा पनि पाँच वटा घर पहिरोले बगाएको छ । पहिरोका कारण दश घरपरिवार बिस्थापित भएका छन् । त्यसैगरी कालिगण्डकी नदीमा आएको बाढीका कारण बेनी जोमसोम सडकको भिरकाटेमा सडक बगाएपछि यात्रु अलपत्र परेका छन् । सडकको भिरकोटमा कालीगण्डकी नदीले १ सय मिटर सडक कटान गरेकाले मानिस आवात जावतमा समेत समस्या भएको छ ।
पहिरोले विभिन्न ठाउँबाट ५ वटा गाई पनि बगाएको छ । ध १ क ५० नम्बरको ट्रक पनि पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अधिकांश ठाउँमा बिहानीपख पहिरो गएकाले मानवीय क्षतिबाट बच्न सकेको प्रहरीको भनाई छ ।
0 comments:
Post a Comment