बर्दिया, साउन ४ – लागु औषध ब्राउन सुगर किनबेच गरिरहेको अवस्थामा
बर्दियाको कालिकाबाट ४ जनालाई प्रहरीले पक्रेको छ । नेपाल भारतसीमा क्षेत्र
नजिक पर्ने कालिका २ बाट दुईजना भारतीय र दुईजना नेपाली नागरीक पक्राउ
परेको प्रहरीले जनाएको छ ।
तीन ग्राम ब्राउन सुगर सहित भारत बहराईचका रामकान्त र ईस्लामदिन खान,
बर्दिया सानोश्रीका माधव कार्की र लोकमान चन्द पक्राउ परेका सशस्त्र
प्रहरीका डिएसपी खेम थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले भारत सीमा नजिक
ब्राउन सुगर किनबेच गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी
कार्यालय मैनापोखरमा बुझाएको छ ।
0 comments:
Post a Comment