रसुवा, साउन ४ – रसुवाको कालिकास्थानबाट काठमाडौ तर्फ जाँदै गरेको ना ३ ख
२५९० नम्बरको बसबाट खसेर बसका सहयोगीको घटनास्थमै ज्यान गएको छ । नुवाकोट
तुप्चे—४ घर भएका १९ वर्षका बृजन तामाङलाई वसबाट चप्पल खसेपछि टिप्न झर्दा
चिप्लिएर लडेपछि पछाडिको चक्काले किचेको थियो ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख अच्युत पुडासैनीले बताउनुभयो ।
0 comments:
Post a Comment