नेपालगञ्ज, साउन ४ – अबिरल बर्षाका कारण राप्तिमा पानीको सतह खतराको संकेत
नजिक पुगेपछि स्थानीय प्रशासनले नदी छेउछाउका गाउँमा बिहीवार विहान खतराको
घण्टी (साइरन) बजाएको छ ।
कुसुममा रहेको जलमापन केन्द्रका अनुसार बिहीवार बिहान ११ बजेसम्म नदीमा
पानीको सतह ५.२५ मिटर छ । कुसुममा पानीको सतह ५.४० मिटर पुगे नदी छेउछाउका
बाँकेका, बिनौना, बैजापुर, फत्तेपुर, बेतहनी, कम्दि, बनकट्टि होलिया,
मटैया, गंगापुर लगायतका गाबिसका दर्जनौ गाँउहरु डुबानमा पर्छ । नदीमा
पानीको सतह ५ मिटर बढि भएमा खतरा नजिक मानिन्छ ।
भारत सरकारले अन्तर्राष्ट्रिय सीमा नियम बिपरित निर्माण गरेको
लक्ष्मणपुरबाँध र कलकलवा तटबन्धका कारण बर्षेनी नेपाली गाँउहरु डुबानमा
पर्ने गरेका छन् ।
नदीमा पानीको सतह बढेर राप्ति नदीको सिधनियाघाट नजिकैको फत्तेपुरमा तटबन्ध
भत्कन थालेपछि प्रमुख प्रहरी विक्रमसिंह थापा र सहायक प्रमूख जिल्ला
अधिकारी चक्रपाणि पाण्डेको टोलीले बिहिवार स्थलगत अनुगमन तथा निरिक्षण
गरेको छ ।
0 comments:
Post a Comment