Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

डिएसपीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

काभ्रे, साउन ४ –

कर्मचारीलाई दुर्व्यहार र सर्वसाधारणलाई दमन गर्ने काभ्रेका प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीलाई कारबाहीको माग गर्दै विभिन्न पेसागत संघसंगठनले प्रमुख जिल्ला अधिकारीलाई रुद्रनाथ बस्याललाई ज्ञापन पत्र बुझाएका छन् ।

बनेपामा बसको ठक्करबाट एकजना स्रोत व्यक्तिको ज्यान गएको र अर्का श्रोतब्यक्ति गम्भीर घाइते भएपछि दोषिलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका स्थानीय वासिन्दा र पीडित परिवारलाई दमन गरेको आरोप डिएसपी मैनालीलाई लागेको छ । घटनाको बारेमा छलफल गर्न आफ्नो कार्यकक्षमा बोलाएर मैनालीले ट्रेड युनियन केन्द्रिय पदाधिकारी माथि दुर्व्यहार गरेका भन्दै १२ वटा संघ संगठनले खेद प्रकट गर्दै कारबाहीको माग गरेका हुन् ।

नेपाल शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिनाले घटनामा प्रहरीले मानवीय भाबना समेत नराखी दमन गर्दै शब एकलौटी रुपमा उठाएको भन्दै डिएसपी मैनालीलाई कार्बाही गर्न माग गर्नुभएको छ ।
पेसागत संघ संगठनले साउन ७ भित्रमा दोषीमाथि कारबाही गर्नुपर्ने, उपचारका क्रममा भएको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति जीविपार्जनको उचित व्यवस्था गरिनुपर्ने जस्ता माग राखेर ज्ञापन बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्यालले गृह मन्त्रालयसंग समन्वय गरेर दोषी माथि कारबाही गर्ने आश्वासन दिनुभएको छ ।

0 comments:

Post a Comment