Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

संविधानसभाको अवसानमा नेम्बाङ्ग दोषी : लेखी

पोखरा, साउन ४ - आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले संविधानसभाको अवसानमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ मुख्य दोषी भएको आरोप लगाउनुभएको छ । नेम्वाङ्गले तीन ठूला पार्टीका नेतासँग मिलेर देशमा संवैधानिक संकट निम्त्याएको भन्दै अध्यक्ष लेखीले संविधानसभाको हत्या गर्नेलाई कुनैपनि हालतमा नछाड्ने बताउनुभयो । पोखरामा पत्रकारसँग लेखीले देशलाई संकटमा फसाउने माओवादी, एमाले र काँग्रेसका नेतालाई सामूहिक रुपमा बहिस्कार गर्ने अभियान सुरु भैसकेको र कुनैपनि हालतमा माफि दिन नसकिने उहाँको भनाई छ । तीन दलकै कारण मुलुकले निकास पाउन नसकेको भन्दै लेखीले विकल्पका रुपमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न आफूहरु लागिपरेको बताउनुभयो । आफूहरुले कहिल्यै पनि जातिय राज्य नमागेको तर बालुवाटार, बल्खु, पेरिसडाँडा र सिहंदरबाट जातीयताको कुरा उठेकाले आफूहरुले मागेको ऐतिहासिक पहिचान सहितको राज्य ओझेलमा परेको लेखीको भनाई छ । महासंघका पूर्वअध्यक्ष पासाङ्ग शेर्पाले आफूहरुको मुख्य जोड भनेको नै ऐतिहासिक पहिचान सहितको राज्य भएको बताउनुभयो । छिट्टै गठन हुने समावेशी पार्टीका लागि देश दौडाहामा लागेको पासाङ्गले बताउनुभयो ।

0 comments:

Post a Comment