वीरगन्ज, श्रावण ४ -
उचित ढल निकास अभावमा वीरगन्जका सडक जलमग्न भएका छन् । बिहीबार वषर्ाले उपमहानगरपालिकाका अधिकांश सडक नदी बनेका हुन् । सहरको भित्री क्षेत्र पानी ट्यांकी, आदर्शनगर, रानीघाट, श्रीपुर, कुम्हालटोल, रेशमकोठीलगायत सडक नदीजस्तै देखिनु सामान्य भइसकेको छ । यी क्षेत्रमा पानी पर्नेबित्तिकै सवारी गुड्न छाड्छन् ।
पैदल यात्रु पनि देखिँदैनन् । एक दिन बेस्सरी पानी पर्दा भित्री क्षेत्रमा आवागमन ठप्प हुने गरेको छ । हल्का वषर्ा हुनासाथ सडकबाट पानी बग्ने गरेको छ । उचित ढल निकासको समस्या लामो समयदेखि रहे पनि उपमहानगरपालिकाले प्रभावकारी योजना ल्याउन सकेको छैन । तीव्र सहरीकरणका कारण बढ्दो जनसंख्याको चाप हेरी ढल निकासको योजना नल्याए भयावह स्थिति आउने रानीघाटका अरबिन्द सिंहले बताए ।

0 comments:
Post a Comment