काठमाडौ, साउन ५ –
प्रगतिशील जनवादी कलाकार तथा वरिष्ठ नृत्य निर्देशक
हरिकृष्ण दर्शनधारीको निधन भएको छ । ब्रेन ह्यामरेज भएर अचेत अवस्थामा
काठमाडौको मोडल अस्पतालमा उपचार गराईरहेका ६८ वर्षिय दर्शनधारीको शुक्रवार
बिहान निधन भएको हो ।
२०५९ सालमा ब्रेन ह्यामरेज भएका कारण अशक्त रहनुभएका दर्शनधारीलाई गएको
शनिबार फेरी त्यस्तै समस्या आएपछि मोडल अस्पताल भर्ना गरिएको थियो । उहाँको
शव अन्तिम श्रद्धान्जलीका लागि काठमाडौको धोबिचौर नजिकै कुस्लेचौरमा
राखिएको छ र शुक्रवार नै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
दर्शनधारीले पञ्चायतकालमा निरंकुशता विरुद्ध जागरण ल्याउन विभिन्न गीति
नाटक निर्देशन गर्नुभएको थियो । इन्द्रेणी सांस्कृतिक समाजका सल्लाहकार
दर्शनधारीलाई जननृत्य गुरुको उपाधी दिईएको थियो । उहाँ चर्या नृत्य, भरत
नाट्यम र कत्थक नाचको पनि गुरु हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र
दुई छोरी छन् ।
0 comments:
Post a Comment