Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 19, 2012

सिरियामाथि प्रतिबन्धको प्रस्ताबमा रुस र चीनद्वारा भिटो प्रयोग

साउन ५ – सिरिया सरकारले भईरहेको रक्तपात अन्त्यका लागि ठोस कदम नउठाएको र प्रर्दशनकारीमाथि दमन गरेको भन्दै सिरियामाथिको प्रतिबन्ध कडा पार्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावमा चीन र रुसले भिटो लगाएका छन् ।
सिरियामा बैदेशिक शक्तिको हाबी हुने र गृह युद्ध बढ्ने सम्भावना हुने भन्दै चीन र रुसले भिटो लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पश्चिमा राष्ट्रले सिरियामा रक्तपात अन्त्य गर्न सरकारले चासो नदिएको भन्दै उ विरुद्ध कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।
उनीहरुले प्रतिबन्ध लगाउने प्रस्तावमा भिटो लगाएको भन्दै चीन र रुसको कदमको भत्र्सना गरेका छन् । तर रुस र चीनले भने राजनितिक र कुटनितिक छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
सिरियामा भएको पछिल्लो आक्रमणमा २ सय भन्दा बढीको ज्यान गएको छ । यो अहिलेसम्मकै सबैभन्दा डर लाग्दो हिंसा भएको अधिकारीहरुले बताएका छन् । सिरियामा विरुद्धको प्रतिबन्ध लगाउने विषयमा यस अघि पनि रुस र चीनले भिटो लगाएका थिए । यस्तै सिरियामा रक्तपात बढ्दै गएपछि त्यहाका नागरिक र अधिकारिहरु पनि सुरक्षाको खोजी गर्दै टर्की भाग्न थालेका छन् ।

0 comments:

Post a Comment