Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 16, 2012

समाचार श्रोत बन्दै यु ट्युब

इन्टरनेट कम्पनी गुगलको भिडियो संग्रह साइट यु ट्युब पछिल्लो समयमा समाचारको मुख्य श्रोत तथा प्लाटर्फमको रुपमा विकशित हुँदै गएको एक अध्ययनले देखाएको छ । इन्टरनेट प्रयोगकर्ताहरुले पछिल्ला दिनमा अरु लेख्य समाचार साइटमा भन्दा भिडियो सहितको समाचारका लागि यु ट्युबलाई पछ्याउने गरेको अध्ययनको निष्कर्ष छ ।
पत्रकारिता सम्बन्धि पियु रिसर्च सेन्टरले गरेको अध्ययनले यु ट्युबले व्यवसायिक पत्रकारिता तथा जनसरोकारका विषयबीचको सम्बन्ध सेतुको काम गरिरहेको निष्कर्ष निकालेको हो ।
यु ट्युबले भिडियो पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपेको भन्दै केन्द्रका उप निर्देशक एमी मिचेलले यु ट्युब पछिल्ला दिनमा सामाजिक संस्था तथा नागरिकबीचको चलायमान सम्बन्ध स्थापित गर्न सायक सिद्ध बनेको बताए । यु ट्युबले नागरिक पत्रकारितालाई बढावा दिएको भन्दै उनले यु ट्युबमार्फत पोष्ट गरिएका भिडियो मध्ये एक तिहाइ समाचारजन्य भिडियोहरु सर्वसाधारणले खिचेका रहेको जानकारी दिए ।
खासगरी प्राकृतिक प्रकोप तथा विभिन्न महत्वपूर्ण राजनीतिक परिघटनाका सम्बन्धमा यु ट्युबमा प्रत्यक्षदर्शी तथा समाचार एजेन्सीहरुले अपलोड गर्ने भिडियोहरु निकै नै चर्चित हुने गरेका छन् । इन्टरनेटमार्फत हालखबर बुझ्न चाहनेहरुलाई यु ट्युबले श्रव्यदृश्य सामाग्री उपलब्ध गराएकाले केबल पढ्नमात्र नभएर हेर्न र सुन्न समेत पाइने आशामा यु ट्युबमा चाहिएको समाचार वा सूचना सर्च गर्नेको संख्या बढेको बताइन्छ ।

0 comments:

Post a Comment