काठमाडौं, साउन
विशेष अदालतले काँग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीले सार्वजनिक पदमा रहँदा भ्रष्टचार गरेको ठहर गर्दै डेढ बर्ष कैद तथा २ करोड १६ लाख १४ हजार बिगो तथा त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले पूर्वमन्त्री जोशीलाई भ्रष्टाचारी ठहर गर्दै कैद फैसला सुनाएको हो ।
‘प्रतिवादी गोविन्दराज जोशीको आय र सम्पत्तिको जाँच अवधि २०४८ देखि २०५९।२।८ सम्मको हिसाब किताब गर्दा सो अवधिमा निज र निजको परिवारका नाममा वैध आय रु. ५१,९४,६१८।८३ र सोही अवधिमा निजले आर्जन गरेको रु. २,६८,०८,९९५।२४ बराबरको सम्पत्ति रहे भएको देखिँदा रु.२,१६,१४,३७६।४१ को श्रोत नपुगेकोले निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३,७(१),१५ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूर गरको ठहर्छ’, आदालतको फैसलामा भनिएको छ ।
‘सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम निजलाई कैद वर्ष १ (एक) र निज मन्त्री समेतको पदाधिकारी रहेबाट सोही ऐनको दफा २४ बमोजिम थप कैद ६ (छ) महिना समेत जम्मा कैद १।६ (एक वर्ष छ महिना) र विगो बमोजिम रु. २,१६,१४,३७६।४१ जरिवाना हुन्छ’, फैसलामा भनिएको छ, ‘साथै गैरकानूनी रुपमा आर्जित तपसीलमा लेखिए बमोजिमका सम्पत्ति समेत जफत हुन्छ ।’
यसअघि हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले सुनुवाई गर्ने विशेष अदालतमा नै पठाएको थियो । मन्त्री जोशी ३ पटक गृहमन्त्रीसहित सात पटक मन्त्री भएका थिए ।
अख्तियारले विशेषमा अदालतमा दायर गरेको मुद्धामा जोशीको २०५० सालसम्म आर्थिक क्रियाकलाप सामान्य रहेको र जोशी सांसद एवं मन्त्री पदमा बहालभएदेखि नै घरजग्गा खरीद विक्री एवं आर्थिक कारोवारमा अमिल्दो तथा अस्वाभाविक बृद्धि भएको उल्लेख गरेको थियो ।
जोशीले तोकिएको समयभित्र सर्वोच्च अदालतमा पूनरावेदन नगरे प्रहरीले उनलाई गिरफ्तार गर्न सक्नेछ ।
जोशीले तोकिएको समयभित्र सर्वोच्च अदालतमा पूनरावेदन नगरे प्रहरीले उनलाई गिरफ्तार गर्न सक्नेछ ।
को हुन् गोविन्दराज जोशी?
तनहुँ जिल्लाको रुपाकोट गाविस, खाल्टेमा २००६ सालमा जन्मिएका जोशी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जोशीले विएल र विएड् समेत गरेका छन् । विपी कोइरालालाई आफ्नो आदर्श मान्ने जोशी २०४८ सालदेखि २०५१ तथा २०५६ सालमा तनहुँ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइ विभिन्न मन्त्रालयहरुमा मन्त्री पदमा थिए ।
विभिन्न विद्यालयमा शिक्षकका रुपमा काम गरेका जोशी तनहुँको भानुभक्त वहुमुखी क्याम्पसका संस्थापक समेत हुन् । कानुन पढेका जोशी १२ वर्षसम्म नेपाल बार एसोसिएसन र एम्नेस्टी इन्टरनेसनलमा समेत आवद्ध थिए । २०४६ सालमा प्रजातन्त्र पूनःस्थापनाको आन्दोलनका क्रममा जोशी साढे तीन र्वा जेल परेका थिए ।
जोशीका दुई छोरा र एक छोरी छन् । –जोशीको वेबसाइटबाट
0 comments:
Post a Comment