Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 12, 2012

१ सय ९९ औ भानुजयन्ती मनाइँदै

काठमाडौ, असार २९ – १ सय ९९ औँ भानुजयन्ती शुक्रवार विविध कार्यक्रम गरी मनाईदै छ । भानुजयन्तीका अवसरमा रानीपोखरी अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्र्यापण गर्ने कार्यक्रम छ । भानुजयन्तीका दिन हरेक वर्ष औपचारिक कार्यक्रम गरी उहाँको व्यक्तित्व र कृतिबारे चर्चा गर्ने गरिन्छ ।
आदिकवि भानुभक्त आचार्यले संस्कृतमार्फत नेपाली भाषाको विकास र साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । विक्रम संवत २००९ देखि भानुजयन्ती मनाउन थालिएको हो ।
आदिकवि आचार्यलाई अंग्रेजी साहित्यकार शेक्सपियरको रुपमा पनि नयाँ पुस्ताले सम्झने गरेका छन् । राष्ट्रिय विभूति आदिकवि आचार्यलाई भाषिक एकताका प्रतिकका रुपमा लिइन्छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेले भानुभक्तले भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणको रुपमा समाजलाई एउटै मालामा उन्ने कार्य गरेको बताउनुभएको छ ।
आदिकवि भानुभक्तले संस्कृत भाषाको रामायणलाई सरल तथा सरस भाषामा नेपाली भाषामा अनुवाद गर्नुभएको छ । आदिकवि आचार्यले रामायण बाहेक प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कबितामार्फत नेपाली साहित्यमा ठूलो योगदान पुर्‍याउनुभएको छ । उहाँको जन्मठाउँ तनहुँमा पनि शुक्रवार विशेष कार्यक्रम हुँदैछ ।

0 comments:

Post a Comment