Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

कृषि फर्ममा आगलागी, १४५ वाख्रा जले

 स्याङजा, साउन ९ – स्याङजाको साँखर गाविस वडा नम्बर ५ मा रहेको मेलमिलाप कृषि प्रड्क्सन प्रालिमा मंगलवार बिहान आगलागी भएको छ । आगलागीबाट खोरमा रहेका १ सय ४५ वटा बाख्रा सवै जलेर मरेका छन् । खोरमा १ सय २५ ठूला बाख्रा र २० साना पाठपाठी राखिएको थियो । 

आगलागीबाट २० लाख रुपैंया भन्दा धेरैको क्षति भएको प्रडक्सनका अध्यक्ष रमाकान्त भट्टराईले जानकारी दिनुभयो । खोरको चारै तिरबाट एकै पटक आगो लागेका कारण बाख्रालाई जोगाउन नसकिएको हो ।
 बिदेश गएर फर्किएका ८ जना युवाहरुको सक्रियतामा बाख्रा फार्मको सञ्चालन भएको हो । स्याङजा सदरमुकामवाट ३० किलोमिटर पश्चिममा रहेको वालिङ वजारवाट झण्डै आठ घण्टाको पैदल दुरीमा रहेको फर्म गएको मंसीरदेखि सञ्चालन भएको थियो ।

स्थानीय ८ जना युवाहरुले सामुहिक लगानीमा शुरु गरेको फर्ममा माछापालन र मौसमी तथा वेमौसमी तरकारी खेती समेत शुरु गरिएको छ । पानी परिरहेको अवस्थामा आगलागी भएको भएपनि काठै काठले वनेको खोरमा खरको छाना भएकाले आगो नियन्त्रण गर्न कठिन भएको प्रत्यक्षदर्शीको भनाई छ । खोरको चारै तिरबाट एकै पटक आगो नलागेको भए धेरै वाख्रालाई वचाउन सकिने अर्का सञ्चालक प्रमोद पोख्रेलले बताउनुभयो । फर्मको गएको मंसीरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले उद्दघाटन गर्नुभएको थियो । आगो लाग्नुको कारण वारे अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ । प्रहरी घटना स्थलमा पुगिसकेको छ ।

0 comments:

Post a Comment