Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

राजमार्गमा अनुगमन र कारबाहीमा कडाई

काठमाडौ, साउन ९ –

ट्राफिक प्रहरीले सडक दुर्घटना कम गर्न अनुगमन र कारवाहीमा कडाई गरेको छ । विशेष गरी राजमार्ग क्षेत्रमा बढ्दो दुर्घटना कम गर्न गाडीको अवस्था, यात्रु संख्या र सामानको लोड तथा चालकहरुको अवस्था बारेको निगरानीमा कडाई गर्न सम्बन्धि क्षेत्रका कार्यालयहरुलाई भनिएको ट्राफिक प्रहरी महाशाखाका डिआईजी गणेश राईले जानकारी दिनुभयो ।

 चालकहरुले मदिरा सेवन गरी गाडी चलाउँदा बढी दुर्घटना हुने भएकाले दिउँसै पनि मदिरा सेवन गरे÷ नगरेको पनि जाँच भईरहेको उहाँले बताउनुभयो । वर्षायाममा सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले गाडीको गति र क्षमतामा पनि ध्यान दिने गरिएको महाशाखाले जनाएको छ ।

 राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुनुमा चालकको लापरवाही र गाडीको अवस्था बढी जिम्मेवार हुने भएपनि यात्रुहरुपनि त्यत्तिकै जिम्मेवार रहेको पाईएको छ । सिट क्षमता भन्दा बढी यात्रु हुने अवस्थामा गाडीमा नचढ्न, गाडीमा अनावश्यक सामानको भार नपार्न, चालकसंग अनावश्यक कुराकानी नगर्न र चालकको आसपासमा होहल्ला नगर्न महाशाखाले यात्रुलाई आग्रह गरेको छ ।

 दुर्घटना रोक्न अहिलेसम्म भएका अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै यो वर्ष सार्वजनिक यातायात चालकहरुलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भईरहेको डिआईजी राईले बताउनुभयो । माइक्रोबस र मिनीबसका चालकहरुको लापरवाहीका कारण दुर्घटना हुने हुँदा चालकहरु सम्बद्ध संघसंस्था संगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ ।

0 comments:

Post a Comment