Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 22, 2012

नेपाल पत्रकार महासंघको यूरोप शाखा गठन

लन्डन । नेपाल पत्रकार महासंघको यूरोप शाखा विस्तार गरिएको छ । नेपाल पत्रकार महासंघको निर्देशनमा यूरोपभर रहेका पत्रकारहरुलाई संगठित गर्ने उदेश्यले ददि सापकोटा फ्रान्सको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको हो । नवगठित तदर्थ समितिको सदस्यहरुमा बेयिल्जमवाट बकेजिन राई , डेनमार्कवाट सरस्वती कार्की ,नेदरल्यान्ड्सवाट पुष्प बरुवाल, पोर्चुगलवाट बाबुराम भुसाल, बेल्जियमवाट सन्तोस न्यौपाने , पोर्चुगलवाट लक्ष्मण देवकोटा, स्वीजरल्याण्डवाट उषा तिवारी, डेनमार्कवाट प्रकाश ढकाल , नर्वेवाट टेक गिरी  र जर्मनीवाट टेक नेपाली रहनु भएको छ ।
यसैगरी यूरोप शाखाको सल्लाहकारमा बेलायतवाट शशी पौडेल र भगिरथ योगी रहनु भएको छ । यसैवीच नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले उक्त शाखालाई अनुमोदन गरेको छ । यूरोपमा गठन भएको यूरोप शाखालाई अनुमोदन गरेको नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माद्धारा यूरोपमा शाखालाई पठाइएको पत्रमा भनिएको छ । विज्ञप्तीमार्फत यूरोपमा रहेका सम्पूर्ण पत्रकारहरुलाई संगठित गरी पत्रकारको हक र हितका लागि क्रियाशिल हुने विश्वास व्यक्त गरिएको छ । यस्तै शर्माले तदर्थ समितिमा रहनु भएका सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद तथा शुभकामना दिदै छिट्टै अधिवेशन गराउन आग्रह गर्नु भएको छ ।

0 comments:

Post a Comment