Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 22, 2012

राष्ट्रिय लोककला प्रदर्शनी आजदेखि सुरु हुँदै

७ साउन, काठमाण्डौं । कलाकारहरुलाई लोककला प्रति आकषिर्त गर्ने उद्धेश्यले प्रथम राष्ट्रिय लोककला प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा राजधानीको नक्सालस्थित प्रतिष्ठानको प्राङ्गणमा हुने प्रदर्शनी साउन २० गतेसम्म चल्नेछ ।
प्रदर्शनीमा नेवार, तामाङ, लामा, थारु लगायत जातिका विभिन्न मौलिक लोककलालाई समावेश गराइनेछ । प्रर्दशनीमा दाङ, बाँके, धनुषा, सुनसरी, मोरङ, झापा लगायत २० जिल्लाका एक सयभन्दा बढि प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

0 comments:

Post a Comment