Join us on Facebook Follow us on Twitter

share

Click

Thursday, July 12, 2012

भारतीय अभिनेता दारा सिंहको निधन

असार २८ – भारतीय चर्चित अभिनेता दारा सिंहको ८४ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि पाँच दिन अघि मुम्बईको एक अस्पताल भर्ना भएका सिंहको बिहीबार बिहान निधन भएको हो । डाक्टरहरुले जीवित रहने सम्भावना नरहेको बताएपछि परिवारले बुधवारराती सिंहलाई घर लगेको थियो ।
दारा सिंहका छोरा बिन्दु सिंहले सञ्चारकर्मीसंग आफ्ना बाबुको बिहीबार बिहान निधन भएको जानकारी दिएका हुन् । मष्तिस्क, मुटु, मृगौला लगायत शरिरको अधिकांश भागले काम गर्न छोडेपछि चिकित्सकहरुले दारासिंहलाई जीवित राख्न नसकिने बताएका थिए ।
सन् १९२८ नोभेम्बर १९ मा पन्जाबको अमृतसरमा जन्मिएका दारा सिंहले मनोरञ्जन र खेल दुवै क्षेत्रमा नाम कमाउनुभएको छ । १ सय भन्दा बढी चलचित्र र टिभी सिरियलमा काम गरेका दारा सिंहलाई टिभी सिरियल रामायणले चर्चित बनाएको थियो ।
रामायणमा उहाँले हनुमानको भूमिका निर्वाह गर्नुभएको थियो । कुस्तीका खेलाडी दारासिंह विश्व च्याम्पियन पनि बन्नुभएको थियो । लगत्तै सन् १९६६ देखि चलचित्र क्षेत्रमा प्रवेश गरेका सिंहको पहिलो चलचित्र नौजवान हो भने पछिल्लो चलचित्र जब वी मेट हो ।
दारासिंह निकै पहलमान मानिएका कुस्तीका खेलाडी र निकै हट्टाकट्टा रहेकाले वलियो ब्यक्ति जनाउनुपर्दा ‘दारासिंह जस्तो’ भन्ने गरिन्छ ।

0 comments:

Post a Comment